१ कार्तिक २०८३, आइतबार

जोलजीविमा नेपाल–भारत जोड्ने पुल निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १७ पुस । दार्चुलाको उकु गाविस जोलजीविमा महाकाली नदी माथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

पुल निर्माणका लागि ठेक्का स्वीकृत भएको करिब १० महिनापछि बुधबारबाट पुल निर्माण सुरु भएको हो ।

स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलीडार विभागले पुल निर्माणका लागि नेपालगन्जको एमपी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

८० लाखको लागतमा निर्माण हुन लागेको उक्त पुलको लम्बाइ १६९ मिटर रहेको छ । गत वर्ष असार पहिलो साता महाकाली नदीमा आएको बाढीले जोलजीविमा रहेको झोलुङ्गे पुल बगाएको थियो ।
पुल बगाउँदा लेकमका दत्तु, उकु, लाली, डाडाडोट, शङ्कुरपुरलगायत गाविसका स्थानीय बासिन्दा मर्कामा परेका थिए । महाकाली नदीमा बाढी आएको १८ महिनापछि बगाएको पुल निर्माण सुरु हुन लागेपछि स्थानीय बासिन्दामा खुसी देखिएको छ ।

यसअघि वर्षात्को केही समय यो नाकाबाट आवतजावत नै बन्द भएको थियो । हिउँदमा अस्थायी काठे पुलमा जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता थियो ।