काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकामा नै डेढ दर्जनभन्दा बढी अबैध माइक्रोबस सञ्चालनमा रहेको पाइएको छ ।
नेपाल प्रहरीको विशेष टोलीले कुनै पनि निकायमा दर्ता नभएका, नक्कली कागजपत्र बनाएर चलाएका र रुट परमिट पनि नलिएका माइक्रोबस नियन्त्रणमा लिएपछि यस्तो रहस्य खुलेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरले सो क्षेत्रमा चल्ने तीनओटा र प्रहरी वृत्त सातदोबाटोले दुई ओटा अबैध माइक्रोबस नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइसकेको छ ।
त्यस्तै महानगरी प्रहरी आयुत्तःको कार्यालय रानीपोखरीले अवैध रुपमा सञ्चालित ६ ओटा माइक्रोबस नियन्त्रणमा लिइसकेको छ ।
प्रहरी परिसर ललितपुरले नक्कली कागजपत्र बनाएर सञ्चालन गरिरहेको आशंकामा पाँचओटा माइक्रोबस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) पवन गिरीले उपत्यकामा अवैध रुपमा सञ्चालित सार्वजनिक सवारी साधनको खोजी भइरहेको जानकारी दिएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।
नियन्त्रणमा लिएका केही सवारीमाथि कारबाही भएको र केही अनुसन्धानका क्रममा रहेको उनले बताए ।
अहिले उपत्यकामा गुड्ने सम्पूर्ण सवारी साधनको बैद्ययताका बारेमा अनुसन्धान सुरु भएको गिरीले बताए ।















प्रतिक्रिया