२९ आश्विन २०८३, बिहिबार

दुई वर्षे बालकले झोलाबाट बन्दुक झिकेर गरे आमाको हत्या !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goli bulletलस एन्जेल्स, १६ पुुस । एक दुई वर्षे बालकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर अमेरिकाको लस एन्जेल्समा मंगलबार त्यस्तै भएको छ ।

तर उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेकै पनि कहाँ थाहा छ र ?

बन्दुक बोकेकी आमाको झोलाबाट ती बालकले त्यो बन्दुक झिके र अन्जानमै पकड्काउन पुगे । आमाले सो बन्दुक पड्काउनलाई ठिक्क पारेर झोलामा राखकाले यो दुर्घटना हुन पुगेको हो ।

लस एन्जेल्सको हाइडेनमा रहेको इदाओ डिपार्टमेन्टल स्टारेमा २९ वर्षीया आमा बेरोनिका रुट्लेज आफ्नो परिवारसँग किनमेल गरिरहेकी थिइन् ।

सोही क्रममा ती महिलाको दुई वर्षीय छोराले झोलाबाट बन्दुक झिकेको पत्तै भएन । बन्दुक झिकेपछि ती बालकले आमालाई ताकेर हानेको बताइएको छ ।

यो निकै नै दुःखद घटना भएको छ– त्यहाँका एकजना स्थानीय अधिकारीले बताएका छन् । यो दुर्भाग्यवस हुन पगेको घटना हो उनको भनाई छ ।

ती आमाले छोरालाई उक्त स्टोरको ह्वील चियरमा राखेर आफूले सामान छान्दै गरेकी थिइन् र सोही समयमा उनले आमाको झोलाबाट त्यो बन्दुक झिकेका थिए ।

उनी बिदा मनाउने क्रममा किनमेलका लागि त्यहाँ गएकी थिइन् । उनले सो समयमा कुनबेला आफ्नो छोराले बन्दुक झिक्यो भन्ने नै थाहा नपाएको हुनसक्ने अनुमान गरिएको छ ।

ती महिलाले लाइसेन्स लिएर नै बन्दुक राखेको खुलेको छ । अमेरिकामा व्यक्तिले लाइसेन्स लिएर बन्दुक राख्न पाउने वा नपाउने भन्ने बारेमा बहस जारी रहेका बेला मङ्गलबार यो घटना भएको छ ।

स्थानीय सो डिपार्टमेन्टल स्टोरले पनि विज्ञप्ति प्रकाशन गरी निकै नै दुःखद घटना आफ्नो पसलमा भएको र पसलमा किनमेलाका लागि आएकी एक ग्राहकको अन्जानमा ज्यान गएको बताएको छ ।

उनी अरु तीनजना बालबालिकासँगै किनमेलका लागि त्यहाँ गएकी थिइन् । झोलाबाट त्यो बन्दुक झिक्ने काममा सघाएका थिए वा थिएनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । रासस/एएफपी