१ कार्तिक २०८३, आइतबार

मकवानपुरमा बस र ट्रक ठोकियो, ५ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १६ पुस । मकवानपुरको मनहरी–८ खरंगामा बस र ट्रक एकआपसमा ठोकिदाँ ५ जना यात्रु घाइते भएका छन् ।

ना४ख ७८४५ नम्बरको बस र ना४ख २१५८ नम्बरको ट्रक एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा हेटौंडा–२ की २५ वर्षीया अन्ती श्रेष्ठ, पदम श्रेष्ठ, हेटौंडा–४ का ३१ वर्षीय ज्ञानेन्द्र आचार्य, २६ वर्षीया प्रभा आचार्य र लमजुङ बेँसीसहर–५ की विष्णुमाया थापा घाईते भएका छन् ।