काठमाडौं, १६ पुस । कानुनमन्त्री नरहरि आचार्यलाई माफी माग्न माग गर्दै अखिल नेपाल महिला संघले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
महिला हिंसाविरुद्ध अखिल नेपाल महिला संघ काठमाडौँ क्षेत्र नम्बर ५ को अभियान अन्तर्गत क्षेत्रभरिका स्थानीय प्रशासनमा धर्ना तथा हिंसाका बिरोधमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा वडा सचिवमार्फत सरकारको ध्यानाकर्षण हुने गरी ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्रमार्फत बलात्कारीलाई हदैसम्मको सजायको व्यवस्था गर्न, महिलाहरुलाई मानवीय व्यवहार गर्न, बलात्कारीलाई दिइने सजायको अवधि घटाउने प्रस्ताव गर्ने कानून मन्त्री नरहरि आचार्यलाई आम महिलाहरुका सामु माफी माग्न तथा गृहिणी महिला लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्न अनेमसंघले जोडदार माग गरेको छ ।

















प्रतिक्रिया