१ कार्तिक २०८३, आइतबार

प्रक्रियामा गएर भए पनि संविधान ल्याउने काँग्रेसको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-nccकाठमाडौँ, १६ पुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रक्रियामा गएर भए पनि संविधान ल्याउने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस पदाधिकारीको बैठकले माघ ८ मै संविधान ल्याउन संविधानसभा नियमावलीमा भएका केही प्रावधानलाई निलम्वन गर्नका लागि सभामुख सुवास नेम्वाङलाई सुझाव दिने निर्णय गरेको हो ।

सहमतिको प्रयास यथावत राख्दै माघ ८ मा संविधान ल्याउन नियमावली प्रक्रियालाई छोट्याउनका लागि बुधबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखलाई उक्त सुझाव दिने निर्णय भएको उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।

एमाओवादीले आन्दोलन घोषणा गरिसकेको अवस्थामा काँग्रेसको यो निर्णयले नेपाली राजनीति झनै पेचिलो हुने देखिएको छ ।