१ कार्तिक २०८३, आइतबार

आर्थिकरुपमा चरम अभाव खेपिरहेको इलामको साझा प्रकाशन बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sajha-parkashanइलाम, १६ पुस । व्यवस्थापन लापर्बाहीका कारण धरासयी बन्दै गएको साझा प्रकाशनको अस्तित्व सङ्कटमा परेको छ ।

आर्थिक अवस्था कमजोर भएर थेग्न नसकिएको भन्दै ४१ वर्षे पुरानो शाखा बन्द गर्न लागिएको हो ।

इलामको शाखा बन्द गरेर झापाको विर्तामोड सार्न थालिएको छ । सस्तो मूल्य र सुलभ तवरमा पुस्तक उपलब्ध गराउँदै आएको साझा बन्द हुने भएपछि स्थानीयवासी चिन्तित छन् ।

‘पुुस अन्तिमसम्ममा शाखालाई झापाको मुख्य शाखामा सारीसक्ने कार्यालयले जनाएको छ । पुस्तक बिक्री छाडेर पुस्तक लैजाने तयारी भइरहेको छ’, शाखा प्रमुख मनोरथ घिमिरेले भन्नुभयो, ‘बर्सेनि शाखाको बिक्री न्यून भएकाले खर्च धान्नै नसकेर बन्द गर्नुपरेको हो ।’

आन्तरिक झमेलाले अन्य प्रकाशनस“ग प्रतिस्पर्धा गर्न नसकेपछि प्रत्यक्ष नोक्सानी साझालाई छ । अघिल्लो वर्ष यो शाखाबाट करिब रु ६० लाखको पुस्तक बिक्री भएकामा गत आवमा रु १० लाखको पनि बिक्री हुन सकेन ।

‘लामो समयदेखि यहा“ सेवा दिँदै आएको शाखा सर्नुमा आन्तरिक कारणसहित यहा“का बासिन्दाले पनि यसको महत्व बुझ्न नसक्नु हो’, प्रमुख घिमिरेले भन्नुभयो, ‘आन्तरिक समस्या समाधान गर्दै नया“ व्यवस्थापन भएर पुरानै ढङ्गमा संस्था चल्नेमा आशावादी छौँ ।’

साझा प्रकाशनले गर्दै आएका छपाइका काम निजी क्षेत्रलाई दिन थालेपछि साझा प्रकाशनको आर्थिक सङ्कट सुरु भएको हो । मुख्य आम्दानीको स्रोत सामुदायिक विद्यालयका पुस्तक वितरणको जिम्मा पछिल्लो समय साझालाई ठूलो सङ्कट परेको हो ।

साझाले नौ प्रतिशतमात्र छुट दिने तर अन्य प्रकाशनले १५ देखि २५ प्रतिशतसम्म छुट दिने गरेकाले पनि साझाबाट विद्यालयका पुस्तक बिक्री हुन छाडेका हुन् ।

निजी क्षेत्रबाट छपाइ गरेर बिक्री गरेका पुस्तक साझाको तुलनामा गुणस्तरहीन हुने गरेको कर्मचारी बताउँछन् । यो वर्ष कुनै पनि विद्यालयले साझाबाट पुस्तक खरिद गरेनन् । विद्यालयको पाठ्यपुस्तकमात्र नभएर साहित्य, निबन्ध, उपन्यास, कथा, नाटक, इतिहास, भूगोल, विज्ञान, भाषा, धर्मलगायतका पुस्तक रहेको प्रकाशनमा पुस्तक खरिद गर्न त परै जाओस् पढ्नका लागि पनि कोही पुग्दैनन् ।

काम नभएपछि यहाँका कर्मचारी दिनभर घाम तापेर दिन बिताउने गरेका छन् ।

पुस्तक बिक्रीको आम्दानीबाटै यहाँका कर्मचारीले तलबभत्ता खानुपर्ने हुन्छ तर पुस्तक बिक्री नहुँदा साउन महिनादेखि तलब खान नपाएको कर्मचारीको भनाइ छ ।

‘पुस्तकको कारोबारबाटै आएको रकमले घरभाडा, बिजुली, पानीको समेत पैसा तिर्नुपर्ने भएकाले पुस्तक बिक्री नहँुदा रकम अभाव खेप्नुपरेको छ’, घिमिरेले भन्नुभयो ।

प्रकाशनमा अहिले ३५ लाखका साहित्यिक पुस्तक छन् । कार्यालयमा रु छदेखि दुई हजारसम्मका पुस्तक छन् ।