१ कार्तिक २०८३, आइतबार

चारवटा गोरु गाडासहित काठ चोरी गर्ने सातजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १६ पुस । कञ्चनपुरको देखतभूली–३ मा रहेको कञ्चन सामुदायिक वनबाट काठ चोरी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले चारवटा गोरु गाडासहित सातजनालाई मङ्गलबार पक्राउ गरेको छ ।

सातै जनालाई वन क्षेत्रबाटै काठ ल्याउँदै गरेको बेला सेक्टर वन कार्यालय वाणीको वनरक्षकको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देखतभूली–का २७ वर्षीया जेली राना, ४५ वर्षीया कारा राना, चन्दा राना, पृथी राना, ५० वर्षीय दरौगा राना, २९ वर्षीय हरिलाल राना र २१ वर्षीय राधेश्याम राना रहेका छन् ।

दुई गोरुगाडा र दुईवटा राँगा गाडा, गाडामा काँचो सालका गोलिया ल्याउँदै गरेका बेला पक्राउ गरेको सेक्टर वन कार्यालय बाणीका प्रमुख दिलीप यादवले बताउनुभयो ।

पक्राउ परेका सातैजनालाई वन कार्यालय कञ्चनपुरको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।