१ कार्तिक २०८३, आइतबार

गोविन्द वियोगी पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shambhu-shresthaकाठमाडौँ, १५ पुस । गोविन्द वियोगी पत्रकारिता पुरस्कार—२०७१ यस वर्ष दृष्टि साप्ताहिकका सम्पादक  शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

सम्पादक समाज नेपालले  प्रदान गर्ने उक्त पुरस्कार उद्योगपति स्व. मोहन गोपाल खेतानद्वारा वरिष्ठ पत्रकार स्व. गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएको हो । पुरस्कारको राशी रू. २५,००१ छ ।

यसै गरि यस वर्षका लागि गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापना गरिएको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’  डम्बर बहादुर थापा (सुनसरी)लाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशी रू. १५,००१ छ ।

यस्तै वरिष्ठ पत्रकार सम्मानबाट यस वर्षका लागि वरिष्ठ पत्रकारहरु इन्द्रकान्त मिश्र, आदित्य मान श्रेष्ठ र  पुष्करलाल श्रेष्ठलाई सम्मानित गरिने भएको छ । सम्पादक समाज नेपालको २०७१ पौष १३ गते वसेको कार्यसमितिको वैठकले उपसमितिद्वारा प्रस्तुत नामहरुलाई अनुमोदन गर्दै उक्त निर्णय गरेको हो ।

वरिष्ठ पत्रकार स्व. गोविन्द वियोगीको स्मरणमा सम्पादक समाज नेपालले यी पुरस्कारहरु वितरण गर्दै आएको छ । यस वर्ष पनि पुरस्कार र सम्मान स्व. गोविन्द वियोगीको स्मृति दिवस माघ २ गतेका दिन प्रदान गरिने निर्णय गरिएको छ ।