१ कार्तिक २०८३, आइतबार

उपलब्धिलाई संस्थागत गर्ने कार्यमा साथ दिन प्रधानमन्त्रीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौं, १५ पुस । प्रधानमन्त्री सुशील कोइरालाले सबै तमु समुदायलाई संविधानसभाबाट नयाँ संविधान निर्माण गरी छ दशकभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनबाट प्राप्त सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्र्ने कार्यमा समस्त राजनीतिक दललाई साथ दिन अनुरोध गर्नुभएको छ ।

बाह्र वर्षको समयचक्र पूरा गरी नयाँ वर्ष पुनः ल्हु ल्हो (भेडा वर्ग) मा आइपुगेको यस घडीमा उहाँले तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष (ल्होछार) का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै विविधताले युक्त भएर पनि विभिन्न समुदायबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको र आत्मीयता बढाएको बताउनुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको र भौगोलिक, जलवायु र जैविक विविधतायुक्त नेपाली भूभाग प्रकृतिको अनुपम सुन्दर फूलबारी हो भन्दै उहाँले हाम्रो उदार बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाले सबै नागरिकलाई आफ्नो रुचिअनुसारको राजनीतिक विचार र धर्म अवलम्बन गर्ने स्वतन्त्रता तथा आफ्नो धर्म, संस्कृति, वेशभूषा, भाषा र परम्पराको संरक्षण र संवद्र्धन गर्ने स्वतन्त्रता दिएको र एकार्काका धर्म, संस्कृति, परम्परा र भाषालाई सम्मान गर्ने सुसंस्कार विकसित भएको उल्लेख गर्नुृभएको छ ।

“जातीय विविधतायुक्त हाम्रो मुलुक हरेक जातिको ऐतिहासिक योगदान, वेशभूषा, भाषा र संस्कृतिबाट समृद्ध भएको छ, तमु अर्थात् गुरुङ जातिमा पलाएको यस्तो जाँगरले यस जातिलाई ऐतिहासिक र साँस्कृतिक रूपमा अझ समृद्ध बनाएको छ” प्रधानमन्त्रीले भन्नुभएको छ ।