काठमाडौं, १५ पुस । राष्ट्रपति डा रामवरण यादवले मुलुकका सबै क्षेत्रमा बसोबास गर्ने विभिन्न धर्म, जाति, भाषा र संस्कृतिसँग आबद्ध समुदायबीच आपसी समन्वय गर्दै हाम्रा विद्यमान परम्पराको संरक्षण र सम्वद्र्धन गर्न ल्होछार जस्ता पर्वले थप योगदान पुराउने विश्वास व्यक्त गर्नुभएको छ ।
तमु ल्होछारका अवसरमा देश तथा विदेशमा रहनुभएका नेपालीमा सुख शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले ल्होछार पर्वले नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा थप सहयोग पुग्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
















प्रतिक्रिया