काठमाडौं, १५ पुस । नेपाल टेलिकमको ११ औँ वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर शाखा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता पुल्चोक क्रिकेट मैदानमा सुरू भएको छ ।
सोमबारदेखि सुरू भएको पहिला खेलमा टस जितेर आइटी टिमले पहिलो पालिमा २० ओभरमा १ सय ७७ रन बनायो ।
आइटीका विकास यादवले १६ चौकासहित ७७ रन तथा अमित सत्यालले ५६ रन तथा नेत्र भट्टले २० रन बनाए ।
सिडिएमए टिमका भरत भुसालले २ विकेट लिए । जवाफमा सिडिएमएले १ सय ६१ रन मात्र बनाइ पराजित भयो ।
सिडिएमएकातर्फबाट हरि शर्मा ४३ रन, व्रिजेश शर्मा २६ तथा रुवेश शर्मा २५, राजीव के.सी. १९ रनको योगदान गरे ।
खेलमा विकाश यादव म्यानअफ द म्याच भए ।
त्यस्तै देस्रो खेलमा जिएसएम टिम विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको पिएसटिएन म्याक्स टिमले १ सय २० रन मात्र बनाउन सक्यो । टिमका लागि सुविन बज्राचार्यले ३५ रन तथा मुकेश राउतले २५ रन बनाए ।
जिएसएमका आशिष बटाजु, मनीष रौनियार र शिव पौडेलले समान २–२ विकेट लिए ।
जवाफमा जिएसएमका सुदन सुवालको ४६ रन नटआउटको मद्दतले १७औँ ओभरमा सजिलै लक्ष्य भेट्टायो । त्यस्तै प्रक्षेत थापा १९ र उपज महतले १४ रनको योगदान दिए ।
खेलमा जिएसएमका सुदन सुवाल म्यानअफ द म्याच घोषित भए । प्रतियोगिता तीनदिनसम्म चल्ने छ ।













प्रतिक्रिया