२९ आश्विन २०८३, बिहिबार

कृतिमानी पर्वतारोही संजय पण्डितलाई सरकारको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjaya-pandit

काठमाडौँ, १४ पुस ।  नेपाली लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवं कृतिमानी पर्वतारोही संजय पण्डितलाई सोमबार सिंहदरवार स्थित खेलकुद मन्त्रालयमा नगद र सम्मानपत्र सहित सम्मान गरिएको  छ ।

उनले गत महिना अष्ट्रिेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को उल्टो हिडेर विश्व कृतिमानको दावेदारी दिएका थिए ।

उनलाई माननीय खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, खेलकुद सचिव दिपेन्द्र नाथ शर्मा तथा सहसचिव चुडामणी पौडेलद्धारा खाँदा सम्मान पत्र तथा रु.३ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

धावक पण्डितले अल्ट्रा साहसीक दौडको माध्यमबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउण्टेन भनेर चिनिने मनासुलु, अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो, यूरोपको सर्वोच्च शिखर एलब्रुश, तथा अष्ट्रिेलियाको उच्च शिखर कोजियस्कोको सफल आरोहण सम्पन्न गरिसकेका छन् ।

उनले किलिमान्जारोमा दक्षिण एशियाली तीव्र गतीका धावक आरोहीका रुपमा, युरोपको सर्वोच्च शिखर एलब्रुशमा अर्धनाग्गिएर ६ मिनेट ३ सेकेण्ड अन्तराष्ट्रिय कृतिमान तथा अष्ट्रेलियाको कोजियस्को शिखरमा उल्टो हिडेर कृतिमान रचिसेका छन् ।

उनी सातै महादेशका साथै उच्च शिखर आरोहण गर्ने शिलशिलामा रहेका छन् ।