महोत्तरी, १४ पुस । देश टुक्र्याउने अभिव्यक्ति दिएर एकाएक चर्चामा आएका डा सिके राउत फेरि पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आइतबार महोत्तरीबाट पक्राउ गरेको थियो । महोत्तरी सदरमुकाम जलेश्वरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाने क्रममा उनी आइतबार पक्राउ थिए ।
आइतबार समातिएका राउतलाई स्थानीय नेता सुरेन्द्र पाण्डेको जिम्मामा प्रहरीले आइतबार नै छाडेको थियो । राउतलाई प्रहरीले पक्राउ गरेपछि त्यहाँ केही बेर उनका समर्थकले हंगामा गरेका थिए ।
फेरि सोमबार जलेश्वर नगरपालिका चोकनजिकै आमसभाको तयारी गरेको अवस्थामा प्रहरीले राउतसहित १९ जनालाई पक्राउ गरेको हो ।
आइतबार उनलाई पक्राउ गर्दा उनका समर्थकले रिहाईको माग गर्दै चर्को नाराबाजीसहित प्रहरीको गाडीमा ढुंगामुढा समेत गरेका थिए ।
पछिल्लो समय गृह मन्त्रालयले उनीमाथिको निगरानी बढाउँदै आएको छ । उनलाई सामाजिक सदभाव बिग्रने गतिविधिमा संलग्न भएको भन्दै गत भदौमा पनि मोरङ प्रहरीले पक्राउ गरेको हो ।















प्रतिक्रिया