१ कार्तिक २०८३, आइतबार

सिन्धुपाल्चोकमा मात्र १ सय ७७ एचआइभी सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aids Hivमेलम्ची, १४ पुस । सिन्धुपाल्चोक जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या १७७ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहले यो तथ्य सार्वजनिक गरेको हो ।

तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ८४ महिला र ८२ पुरुष रहेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित पाइएको छ । त्रिपन्न जना सङ्क्रमित रहेको इचोकमा सङ्क्रमितमध्ये ३५ जना महिला र २३ पुरुष रहेका छन् । गएको वर्ष जिल्लामा ५३ महिला र ६८ पुरुष गरी १२१ मा एचआइभी सङ्क्रमण देखिएको थियो ।

मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुन सक्छ । अध्यक्ष तामाङले भन्नुभयो, ‘यो तथ्याङ्क त हामीसँंग सम्पर्कमा आएकाहरुको मात्र हो, हामीजस्ता सङ्घसंस्थाको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छाँै ।’

जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा सङ्क्रमित बालबालिकाको सङ्ख्यामा पनि वृद्धि भएको छ । मिर्मिरेको तथ्याङ्कमा जिल्लाका ११ बालबालिकामा एचआइभी भेटिएको छ । सङ्क्रमितमध्ये सात बालक र चार बालिका सङ्क्रमित रहेका छन् ।

बाबुआमा एचआइभी सङ्क्रमित भएपछि बालबालिकामा पनि यो रोेग सरेको तामाङ बताउनुहुन्छ । घर परिवारको एकजना सदस्य पैसा कमाउन बिदेसिने र विदेशबाटै यस्तो रोग लिएर आउने गरेकाले जिल्लाका ग्रामीणस्तरमा एचआइभीले जरो गाडेको तामाङको भनाइ छ । रासस