शम्भु माली
कपिलवस्तु, १४ पुस । सीमावर्ती गाउ कपिलवस्तुको कुशहवा गाविस–५ सतभराका ५ युवाको जलेर मत्यु भएपछि अहिले उक्त गाँउ शोकमा डुबेको छ । रोजगारीको सिलसिलामा भारतको मुम्बई गएका उनीहरुको सुतेका बेला भएको आगलागीबाट जलेर मृत्यु भएको हो ।
भारतको मुम्बई स्थित थाना जिल्ला भिमण्डी उपमहानगरपालिका रेहानको एक काठ उद्योग शनिबार विहान ३ बजे भएको आगलागीमा परेर सतभराका ५ सहित ८ जनाको मृत्यु भएको थियो ।
सतभरका २५ वर्षे गौरी चौहान, २२ वर्षे गणेश चौहान, २१ वर्षे मुन्नीलाल अहिर, ३० वर्षे मुरली मुराउ र १९ वर्षे सयल रैदासको मत्यु भएको हो । अन्य ३ घाईते भएका छन् । घाईते हुनेमा विनोद अहिर, बुढे लोनिया र तितरे लोध रहेका छन् । उनीको उपचार भइरहेको छ । उनीहरु खतरा मुक्त रहेको बताइएको छ ।
शनिबार विहानै ७ बजे घटनाको सुचना गाउमा आए पनि गाउले पीडित परिवारलाई भनेका थिएनन् । दिउँसो २ बजे तिरबाट गाउँमा उनीहरुको मृत्यु बारे हल्ला चल्न थालेपछि मृतकका परिवारले जानकारी पाएका थिए ।
त्यसपछि रुवाबासी चलेको थियो । त्यसपछि अहिले पनि पुरै गाउँ शोकमा डुवेको छ ।















प्रतिक्रिया