१ कार्तिक २०८३, आइतबार

माघ ८ मा संविधान जारी नभए अरु चार वर्ष संविधान बन्दैनः नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????काठमाडौँ, १४ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी माघ ८ मा संविधन जारी नगर्ने हो भने अरु चार वर्षपछि पनि संविधान नवन्ने दाबी गर्नुभएको छ ।

युवा संघ नेपाल काठमाडौँ जिल्लाले सोमबार राजधानीमा आयोजना गरेको ‘बढ्दो सडक दुर्घटना तथा न्युनिकरण’ विषयक अन्र्तरक्रियामा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले प्रमुख दलबीच मिलनविन्दु खोजेर भए पनि माघ ८ मै संविधान जारी गर्नु पर्नेमा जोड दिनुभयो ।

‘एमाले आगामी माघ ८ मा संविधान जारी गर्न कतिसम्म लचिलो हुनुपर्ने हो त्यसमा तयार छ,’ उहाँले एमाओवादीप्रति लक्षित गर्दै भन्नुभयो, ‘काँग्रेस र एमालेले पेलेर बहुमतका आधारमा संविधान जारी गर्न खोजे भनेर आरोप लगाउनेहरुले पनि हामी यो विन्दुसम्म मिलेर जान तयार छौँ भनेर प्रस्ताव ल्याउनु प¥यो नि ?’

नेपालले नेकपा एमाले कुनै पनि हालतमा जातिय संघीयतका पक्षमा नरहेको प्रष्ट पार्दै एमाओवादी लचिलो भए त्यसको मिलनविन्दु खोज्न सकिने बताउनुभयो ।

‘मैले एमाओवादीका नेताहरुलाई मिलनविन्दुको प्रस्ताव ल्याउनुहोस भनेको छु,’ नेपालले भन्नुभयो, ‘उहाँहरु संविधान जारी गर्ने पक्षमा हुनुहुन्छ भने त्यस्तो प्रस्ताव ल्याउनु हुन्छ । होइन भने माघ ८ मा जसरी पनि संविधान जारी हुन्छ ।’ नेपालले सञ्चारकर्मीहरुलाई पनि माघ ८ गते नै संविधान जारी गर्न दवाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रमा नेपालले नेपालमा सडकको गुणस्तर कमजोर भएको, गाडीको अवस्था नाजुक भएको, ड्राइभर सक्षम नभएको र आम जनतामा सडकसम्वन्धी जनचेतनाको अभावले दिनप्रतिदिन दुर्घटना बढ्दै गएको दाबी गर्नुभयो । उहाँले दुर्घटनामा दोषीहरुलाई कारबाहीको समेत माग गर्नुभयो ।

उहाँले सडक दुर्घटना वृद्धि हुुनुको प्रमुख दोषी प्रधानमन्त्री भएको भन्दै त्यसका लागि त्यहीबाट पहल थाल्नु पर्ने बताउनु भयो ।

कार्यक्रमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्त, अनेरास्ववियुका उपाध्यक्ष थोमस बास्तोला, नितेश पौडेललगायतले बोलेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीम ज्वाला राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।