१ कार्तिक २०८३, आइतबार

चन्दर यादवको अज्ञात समुहबाट हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १४ पुस । सिरहाको दक्षिणवर्ती गाविस हकपाडा वडा नं ७ मा एक व्यक्तिको आइतबार साँझ हत्या भएको छ ।

सिरहा नगरपालिकासँगै जोडिएको हकपाडा गाविस वडा नं ७ स्थित खेतमा कृष्णपुर वडा नं ६ का अन्दाजी ४० वर्षीय चन्दर यादवको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीका अनुसार हकपाडा गाविसस्थित आँपको बगैँचामा घिसारेर हत्या गरिएको अवस्थामा यादवको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यादवको हत्या कसले र किन गरेको विषयमा अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । रासस