काठमाडौँ, १३ पुस । सत्तारुढ दल नेकपा एमाले सहमतिका नाममा समय खेर नफाल्ने मनस्थितिमा देखिएको छ ।
संविधान जारी गर्ने मिति झनझन नजिक आएको भन्दै आइतबार बसेको एमाले स्थायी समितिको बैठक यस्तो मनस्थितिमा पुगेको हो ।
सहमतिका नाममा समय खेर फाल्नु नहुने भन्दै बैठकमा उपाध्यक्ष एवं चार दलीय कार्यदलका सदस्य समेत रहनु भएका भीम रावललेल प्रक्रियामा अघि बढ्न सुझाव दिनुभएको थियो ।
सहमति जुटाउन गठन गरिएको कार्यदल भित्र रहेका एमाओवादी र मधेश केन्द्रित दलका नेताहरुले सहमतिमै अघि बढ्ने र बहुमतीयबाट संविधान बनाउन खोजे बहिस्कार गर्ने धम्की दिएको जानकारी उहाँले गराएपछि अध्यक्ष केपी शर्मा ओली पनि छिनोफानो गर्ने ढंगले अघि बढ्न पर्ने मनस्थितिमा पुग्नु भएको सचिव सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
‘शीर्ष नेताबाट कार्यदलमा, कार्यदलबाट शीर्ष नेतामा लगेर समयमात्र खेर फाल्नु उचित हुदैन’ बैठकपछि ज्ञवालीले अनलाइनखबरसँग भने(‘प्रक्रियामा जानका लागि आवश्यक छलफल गर्ने र त्यसका लागि संविधानसभा अध्यक्षसँग पनि परामर्श गर्ने कुरा भएको छ ।’
माघ ८ लाई नै लक्षित गरेर चाँडो छिनोफानो गर्नुपर्ने एमालेको धारणा रहेको उनले बताए । अबको छलफल प्रक्रियामा केन्द्रित हुने भन्दै उनले प्रक्रियामा जानका लागि के(के गर्ने भन्नेमा कुराकानी हुने बताए ।















प्रतिक्रिया