१ कार्तिक २०८३, आइतबार

६० वर्षीय लखनको जाडोले कठ्याङ्ग्रिएर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १३ पुस । सिरहाको इटहर्वा गाविसमा आइतबार चिसोका कारण कठ्याङ्ग्रिएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुने इटहर्वा गाविस–२ का ६० वर्षीय लखन पासवान हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीका अनुसार आइतबार बिहान शौच गर्न निस्केका पासवान मृत अवस्थामा खेतमा भेटिएका हुन् । उनको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीयको भनाइ छ ।