१ कार्तिक २०८३, आइतबार

प्रभाकरले किन फरक मत राखे केन्द्रीय समिति बैठकमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-shrmaकाठमाडौँ,  १३ पुस । एमाओवादी मुख्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि जनार्दन शर्मा (प्रभाकर) ले लिखित रुपमा फरक मत दर्ज गर्नुभएको छ ।

प्रचण्डको प्रस्तावमा फरक कित्तामा उभिएका बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले समेत समर्थन गरेको अवस्थामा प्रभाकरले फरक प्रस्ताव दर्ज गर्नुभएको हो ।

स्रोतका अनुसार उहाँले दर्ज गर्नुभएको प्रस्तावमा३ महिना भित्रै बैचारिक सभा गरेर आन्दोलन र पार्टीलाई एकताबद्द गरी पुन एउटा ठुलो आन्दोलन या अभियान चलाउनु पर्नेलगायतका कुरा उल्लेख छन् ।

केन्द्रीय समिति विघटन गरी  एक वर्ष भित्रमा महाधिवेशन गर्ने, महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने लगाएतका विषयमा सकारात्मक बहश भइरहेका बेला प्रचण्डकै विश्वास पात्र मानिने प्रभाकरको फरक प्रस्तावले उक्त दलभित्र फेरि आशंकाहरु पैदा भएका छन् ।