चितवन, १३ पुस । मेघौली–५ बस्ने ६४ वर्षीय नाथुराम चौधरीको गैँडाको आक्रमणबाट शनिबार राति मृत्यु भएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सदाबहार सामुदायिक वनका सदस्य चौधरीलाई शनिबार वन निरीक्षण गर्न जाने क्रममा गैँडाले आक्रमण गर्दा उनको खुट्टा, छाती र टाउकामा गम्भीर चोट लागेको थियो ।















प्रतिक्रिया