काठमाडौँ, १२ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले नयाँ संविधानमा हिन्दू धर्मलाई राज्य धर्मका रुपमा अङ्गिकार गर्न नसकिने स्पष्ट पार्नु भएको छ ।
दुई सय त्रियानब्बेऔँ पृथ्वी जयन्ती मूल नागरिक समारोह समितिले राजधानीमा गरेको कार्यक्रममा गौतमले धर्मलाई राज्यको अभिन्न अंगका रुपमा अङ्किार गरेका नेपालसहित विश्वका थुपै्र मुलुकमा विभेद्, थिचोमिचो तथा धर्मका नाममा अत्याचार हुने गरेको चर्चा गर्नुभयो हिन्दू धर्ममा रहेका विकृति, विसङ्गति तथा भेद्भाव हटाएर सबैलाई समान व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उपप्रधानमन्त्री गौतमले पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा पु¥याएको योगदानलाई कसैले समाप्त गर्न नसक्ने भन्दै जनताले नै समय क्रममा उहाँको विशिष्ट योगदानलाई पुनःस्थापित गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय एकता दिवस मनाउने सम्बन्धमा आफ्नो कुनै विरोध नरहेको र त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने वातावरण बनाउन पहल गरिरहेको छु ।”
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दू अधिराज्य बनाउने महाअभियान सुरु भएको बताउँदै मुलुक सङ्घीयतामा गइसकेकाले आफनो कुनै विरोध नरहेको बताउनुभयो ।
साहित्यकार मोदनाथ प्रश्रितले लिच्छवी राजा शङ्करदेवको कार्यकालमा नेपाल सांस्कृतिकरुपमा एकीकरण भएको बताउँदै अन्तिमपटक पृथ्वीनारायण शाहले भूमिको एकीकरण गरेको चर्चा गर्नुभयो ।
















प्रतिक्रिया