चितवन,१२ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दलहरुबीच सहमति जुटे पनि माघ ८ गते संबिधान जारी नहुने दाबी गर्नुभएको छ ।
नवलपरासीमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन भरतपुर आउनु भएका केसीले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग माघ ८ मा संबिधानको पहिलो मस्यौदा मात्र आउने ठोकुवा गर्नुभयो ।
‘राज्य पुर्नसंरचनाका बिषयमा दलहरुबीच मतभेद कायमै छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले २५ दिनमा संविधान हुन्छ भन्नेमा म विश्वस्त छैन ।’ उहाँले एक मधेश एक प्रदेशमा काँग्रेस जान नसक्ने प्रष्ट जातीय संघीयता आफ्नो पार्टीलाई मान्य नहुने जिकिर गर्नुभयो ।
उहाँले पाँच प्रदेश भन्दा धेरै देशले धान्न नसक्ने भन्दै ७ प्रदेश पनि मुलुकका लागि भार हुने तर्क गर्नुभयो । सहमतिका लागी नेपाली काँग्रेस हदैसम्म लचिलो भएको भन्दै उहाँले प्रतिपक्षीलाई पनि लचिलो हुन आग्रह गर्नुभयो ।















प्रतिक्रिया