काठमाडौँ, १२ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाओवादी नेता डा बाबुराम भट्टराईबीच शनिबार नयाँ बानेश्वरको एक होटलमा गोप्य छलफल भएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति समेत रहनु भएका भट्टराई र एमाले नेता नेपालबीच झण्डै आधा घण्टा कुराकानी भएको नेपालका निजी सचिव मोहन गौतमले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
छलफल संविधान निर्माण र पछिल्लो राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेको थियो । छलफलमा दुई नेताले निर्धारित मितिमै संविधान जारी गर्न दलहरुबीच छलफललाई अझ घनीभूत बनाउनु पर्नेमा जोड दिएका थिए ।
भेटका क्रममा नेपालले भट्टराईलाई जातीय राज्यको माग छाड्न आग्रह गर्नुभएको थियो ।
















प्रतिक्रिया