रामसुन्दर आचार्य
काभ्रे, १० पुस । प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संविधान बन्नेमा दाबी गर्नुभएको छ । शुक्रबार काभ्रेको बनेपा आइटी पार्कमा जेसिजको ४१ औ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो ।
‘जुनसुकै हालतमा पनि सबै जनताको अपेक्षा अनुसार तोकिएकै समयमा संविधान बन्छ,’ उहाँले भन्नुभयो, ‘संविधान निर्माण प्रक्रियामा कसैले अवरोध गरे उनीहरुलाई जनताले तह लगाउछन् ।’
उहाँले संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि नेपाली काँग्रेस र नेकपा एमालेले सहकार्य गरेको भन्दै त्यसमा एमाओवादी सहित मधेशी दललाई पनि सहभागि हुन पटक–पटक आग्रह गरेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले मुलुकले ७ प्रदेश पनि थेक्न नसक्ने भन्दै बढी प्रदेश आवश्यक नभएको बताउँनुभयो । जेसिजको राष्ट्रिय सम्मेलन ३ दिनसम्म चल्ने छ ।















प्रतिक्रिया