१ कार्तिक २०८३, आइतबार

आजदेखि सौराहामा हात्ती महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

elephantचितवन, ११ पुस । चितवनको सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हात्ती महोत्सवअन्तर्गत हुने अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितामा यसपटक पाँच विदेशी समूहले सहभागिता जनाउने भएका छन् ।

बीस समूहमध्ये १५ समूह नेपाली रहने आयोजक क्षेत्रीय होटल सङ्घका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । आज दिउँसो सौराहास्थित बाघमारा वनको चौरमा हात्ती दौड प्रतियोगिता सुरु हुँदैछ ।

गैरआवासीय नेपालीको समूह एनआरएन ए जापान,  रोवर्ट डङ्कन बेलायत, बुबो ट्राभल्स स्लोभाकिया, क्लार्क एन्ड नाइज अस्ट्रेलियाले खेलमा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

हात्ती महोत्सवमा सबैभन्दा रोमाञ्चक हात्तीको दौड र फुटबल हुने गर्दछ ।

यस्तै नेपाली टोलीमा मनकामना दर्शन प्रालि, होटल ल्यान्डमार्क पोखरा, चितवन निकुन्ज, सिद्धार्थ रेफ्री जेनेरेटर, जिल्ला विकास समिति चितवनलगायत विभिन्न ट्राभल एजेन्सी रहेका छन् । २० समूहमध्ये आजको खेलबाट १२ समूह दोस्रो चरणमा जानेछन् ।

यस्तै हात्तीका छावाबीचको रोमाञ्चक फुटवलमा यो वर्ष  प्रभु विकास बैकविरुद्ध ग्य्रान्डी अस्पताल र वाइवाइ चाउचाउविरुद्ध ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) भिड्ने छन् ।

यस्तै हात्ती महोत्सवअन्तर्गत टाँगा, गाडा र डुङ्गा दौड प्रतियोगिता समेत आयोजना हुने आयोजकले जनाएको छ । रासस