पोखरा, १० पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच घनीभूत छलफल सुरु भएकाले एक हप्ताभित्र संविधानका विवादित विषयमा टुंगो लाग्ने बताउनुभएको छ ।
पुष्पलाल स्मृति पार्कको तेस्रो साधारणसभाको पोखरामा उद्घाटन गर्दै उहाँले सबैलाई मिल्ने गरी सहमतिको बिन्दु पहिल्याएर सहमति गरिने जानकारी दिनुभयो । नेपाली काँग्रेस र नेकपा (एमाले) दुई तिहाईको दम्भ देखाएर अरु दललाई आक्रोशित गराउने पक्षमा छैनन् भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै दल ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने भाव अर्थात् आआफ्नो हठ त्यागेर सहमतिको विन्दुमा आउनुपर्नेमा जोड दिनुभयो ।
तोकिएको मिति माघ ८ गते नै नयाँ संविधान जारी गरी देशलाई समाधान दिनुपर्ने बताउँदै उहाँले मिल्न सक्ने कुरामा सहमति गर्नुपर्ने र नमिल्ने कुरालाई फरक मत राखेर भए पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
















प्रतिक्रिया