१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीबीच के–के कुराकानी भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil-kpकाठमाडौँ, १० पुस । प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न उक्त भेटवार्तामा दुई नेताबीच निर्धारित समयमा संविधान जारी गर्न बोलाइने दलीय वार्ता र संवादलाई उपलब्धिमूलक बनाउने विषयमा कुराकानी भएको हो ।

भेटपछि एमाले अध्यक्ष ओलीले माघ ८ मा संविधान जारी गर्न दलहरुसँग विश्वासको वातावरण बनाउने र संविधानका विवादित विषयमा छलफल गरी समाधान निकाल्न प्रयास गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामी लचिलो छौँ तर देश र जनताका लागि दूरगामी अहित हुने कुरा स्वीकार्य हुँदैन । हामीबीच उपयुक्त प्रस्ताव विपक्षीबाट आएमा स्वीकार गर्ने भन्ने सहमति भयो ।’

अध्यक्ष ओलीले विश्वासको वातावरण बनाउन एक पक्षीय र दुई पक्षीय भेटवार्ता सुरु गर्नेे चार दलबीचको समझदारीअनुसार प्रधानमन्त्रीसँग छलफल भएको बताउनुभयो ।

भेटवार्तामा सरकार सञ्चालन, विकास निर्माण, सुशासनलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।