इटहरी, १० पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा ९४ प्रतिशत बढी जनाता हिन्दू धर्म मान्ने भएकाले हिन्दूराष्ट्र सहितको संविधान जारी गर्नुपर्ने बताउनु भएको छ ।
राप्रपा नेपालले बुधवारदेखि झापाबाट थालेको मेची–महाकाली रथयात्रालाई बिहीबार सुनसरीको इटहरीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहँले हिन्दू धर्मविरुद्ध लाग्नेहरुलाई ठेगान लगाउने समेत चेतावनी दिनुभयो ।
प्रायोजितरुपमा हिन्दू धर्मविरुद्ध केही समूह लागेको भन्दै उहाँले सनातन हिन्दूधर्मको विरोधमा लाग्लनेलाई ठेगान लगाउने चेतावनी दिनुभयो ।
पश्चिमा मुलुकहरुले पैसाको खोलो बगाएर केही नेपालीलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाइरहेको समेत उहाँले दाबी गर्नुभयो ।
उहाँले हिन्दूराष्ट्र बनाउने वा धर्म निरपेक्षता बनाउने भन्ने विषयमा जनमत सग्रहमा जान समेत विभिन्न दलका नेताहरुलाई आग्रह गर्नुभयो ।















प्रतिक्रिया