गौशाला, १० पुस । महोत्तरीको जलेश्वर कारागारमा जेल जीवन बिताउँदै आएका एक कैदीको आज बिहान जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषा जिल्लाको उमाप्रेमपुर गाविस– ७ बस्ने ५० वर्षीय सलिम राईन रहेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।
विसं २०७० वैशाखमा जबर्जस्ती करणी मुद्दाअन्तर्गत धनुषा जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको राईन पक्षघातबाट पीडित रहँदै आएका थिए ।
पक्षघातबाट गम्भीर अवस्थामा पुगेको कैदी राईलाई जलेश्वर कारागार कार्यालयले गत मङ्सिर २० गते जिल्ला अस्पताल जलेश्वरमा भर्ना गराई उपचार गराइरहेकामा आज बिहान निजको निधन भएको अस्पतालले जनाएको छ । रासस















प्रतिक्रिया