१ कार्तिक २०८३, आइतबार

यसरी पक्राउ परे नक्कली प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १० पुस । प्रहरीको विशेष ब्युरो हुँ भन्दै सर्वसाधारणलाई आतङ्कित पार्ने एक कार्यालय सहयोगीलाई इलाका प्रहरी कार्यालय मङ्गलबारेले पक्राउ गरेको छ ।

जिल्ला प्राविधिक कार्यालय इलाममा विगत पाँच वर्षदेखि कार्यालय सहयोगीमा कार्यरत पाँचथर ओयाम–१ का ३१ वर्षीय दुर्गाप्रसाद नेपालीलाई प्रहरीले पक्रेको हो । प्रहरीको युनिफर्म लगाएको फोटोसहित प्रहरीले नेपालीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा बुझाएको हो ।

प्रहरीले नेपालीसहित अर्की एक युवतीलाई समेत पक्राउ गरे पनि युवतीको नाम भने गोप्य राखेको छ । ती युवकले प्रहरीको विशेष ब्युरो हुँ भन्दै सर्वसाधारणलाई थर्काउने गरेको प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो ।

आफूहरूलाई ठगी गरेको भन्दै चार÷पाँच जना पीडितले इलाका प्रहरी कार्यालय मङ्गलबारेमा उजुरी दिएका थिए । रासस