काठमाडौँ, ९ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय अनुशासन आयोग सक्रिय बनेको छ ।
विधान मिच्ने, समानान्तर कमिटि गठन गर्ने, अनावश्यक रुपमा चन्दा उठाउँने, गुण्डागर्दीमा सक्रिय बन्ने संगठनका कार्यकर्तालाई धमाधम स्पष्टिकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउने प्रक्रिया सुरु गरेको आयोगले जानकारी दिएको छ ।
पछिल्लो समय जुम्लामा समानान्तर कमिटि गठन गरेको भन्दै आयोगले संगठनका उपाध्यक्ष ऐन महर र सचिव भक्तकुमारी लामालाई स्पष्टिकरण सोधेको छ ।
त्यसैगरी विश्वभाषा क्याम्पसमा पनि समानान्तर कमिटि गठन गरेको भन्दै सचिवालय सदस्य दिनेश आचार्यलगायतलाई आयोगले स्पष्टीकरण लिएको जनाएको छ ।
आयोगले संगठनभित्रै आफ्ना नेता कायृकर्तालाई हातहालेको र गुण्डागर्दी गरेको भन्दै मिनभवन क्याम्पस कमिटिका अध्यक्ष भुपेन्द्र शाह र केन्द्रीय सदस्य कनिष पटेललाई पनि स्पष्टीकरण सोधेको छ ।
भर्खरै ललितपुरमा सम्पन्न अनेरास्ववियुको जिल्ला सम्मेलनमा नियम मिचेर दुई उपाध्यक्ष बनाएको भन्दै आयोगले ललितपुरका एमाले नेता हरिकृष्ण व्यञ्जनकारलाई पनि स्पष्टीकरण सोध्ने तयारी गरेको जनाएको छ ।
संगठनको नियम र विधि विधान मिच्नेलाई हदैसम्मको कारबाही प्रक्रिया अघि बढाउँने र अनुशासन तोड्नेका विरुद्ध कढा रुपमा प्रस्तुत हुने आयोगको भनाई छ ।















प्रतिक्रिया