१ कार्तिक २०८३, आइतबार

सिंहदरवारबाट प्रचण्डले भने–ओली कन्जभेटिभ र सामन्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, ९ पुस । एमाओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्जभेटिभ, सामन्ती र एकात्मकवादको प्रतिनिधित्व गरेको आरोप लगाउनु भएको छ ।

३० दलीय मोर्चाले बुधबार सिंहदरवारमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

पत्रकार सम्मेलनमा ओलीप्रति निक्कै आक्रमक देखिनु भएका प्रचण्डले राजतन्त्रको ठाउँ, सामन्ती राष्ट्रवादको ठाउँ अनि जाति, भाषा पहिचानलाई दमन गर्ने राजाको ठाउँ हामी लिन्छौँ भन्ने जसरी ओली प्रस्तुत भएको दाबी गर्नुभयो ।

उहाँले ओली बैठकहरुमा समे राजाको अबतार लिएर जन्मिएको जसरी प्रस्तुत भएकाले समस्या आएको बताउनुभयो ।

यसको प्रतिवाद गर्नका लागि आन्दोलनको आवश्यक भएको उहाँको भनाई थियो ।

प्रचण्डले कांग्रेस–एमालेले लोकतान्त्रिक, अन्तरिम संविधानका प्रस्तावनाको मर्म र भावनामा प्रहार गर्दै महेन्द्रकालीन विकास क्षेत्रमा फर्कन खोजेको समेत  आरोप लगाउनुभयो ।

पछिल्लो समय एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच दोहोरी चल्दै आएको छ ।

ओलीले प्रचण्डले आफुलाई राजामहाराजाको संज्ञा दिएको भन्दै मंगलबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा आफु देशको पहरेदार भएको प्रष्टिकरण दिनुभएको थियो ।

त्यसको अघिल्लो दिन राजधानी बाहिर भएको एक कार्यक्रममा पनि प्रचण्ड कमिलाले टोके जसरी बैठकबाट बुरुक्क उफ्रेर हिडेकाले बार्ता भाँडिएको टिप्पणी गर्नुभएको थियो ।