१ कार्तिक २०८३, आइतबार

स्कुल बसको ठक्करबाट एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रङ्गेली, ९ पुस । मोरङको इटहरामा स्कुल बसको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ । दुर्घटनामा इटहरा–३ का ५५ वर्षीया मिश्रादेवी घिमिरेको मृत्यु भएको हो ।
हुलाकी राजमार्गअन्तर्गत इटहरा–३ मा न्यु भिजन इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुल, उर्लाबारीको ना४ख २२४१ नम्बरको स्कुल बसले आज बिहान उहाँलाई ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका घिमिरेको  विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । रासस