२९ आश्विन २०८३, बिहिबार

गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । गल्फ लुब्रिकेन्ट्सको काठमाडौंका लागि आधिकारिक बितरक अटो एभ प्रालिले राजधानीमा मेकानिक्स मिट कार्यक्रम सम्पन्न गरेको छ । उक्त मेकानिक्स मिटमा दुई पांग्रे सवारी साधनका ८५ जना मेकानिक्सहरु सहभागी थिए ।

कार्यक्रममा नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने प्रमुख अतिथि र नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष बिष्णुभाई श्रेष्ठ विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो ।

उक्त अवसरमा नेपालका लागि गल्फ लुब्रिकेन्ट्सको आधिकारिक बितरक नेपाल ल्युव आयल लिमिटेडका बजार प्रबन्धक ऋतुक सलभले गल्फ लुब्रिकेन्ट्सका वारेमा विभिन्न जानकारी प्रदान गर्नुभएको थियो । त्यसैगरी अटो एभका प्रबन्ध निर्देशक मधुसुदन सिग्देलले मेकानिक्सहरुलाई प्रदान गरिने विभिन्न स्किमको वारेमा जानकारी दिनुभएको थियो ।

कम्पनीले आ. व. ०७०/७१ को स्किमबाट ८ जनालाई एलसिडी टिभी र एक जनालाई फ्रिज वितरण गरेको थियो । आगामी आ. व. का लागि पनि विभिन्न स्किमको व्यवस्था गरिएको छ । कार्यक्रममा महासंघका महासचिव न्यौपानेले कसैको बहकाउमा नलागेर गुणस्तरीय लुब्रिकेन्ट्सको छनोट गर्न मेकानिक्सहरुलाई सुझाव दिनुभयो ।

उहाँले मेकानिक्सहरुका लागि गरिएका यस प्रकारका कार्यक्रमले उनीहरुलाई लुब्रिकेन्ट्सका विभिन्न प्रविधिको वारेमा जानकारी प्राप्त हुने बताउनुभयो । त्यसैगरी बरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरुले प्रयोग गर्ने विभिन्न मेसिनको निर्माणमा मेकानिक्सहरुको महत्वपुर्ण भूमिका हुने भएकाले मेकानिक्सहरु राष्ट्र निर्माणमा समेत सरिक भएको बताउनुभयो ।