२९ आश्विन २०८३, बिहिबार

नेपाललाई विदेशी लगानी मैत्री गन्तव्य बनाउछौँः उद्योगमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetकाठमाडौँ, ७ पुस । उद्योगमन्त्री महेश बस्नेतले नेपाललाई विदेशी लगानी मैत्री गन्तव्य बनाउन लागेको बताउनुभएको  छ । उद्योग मन्त्रालयमा सोमबार विदेशी सञ्चारमाध्यमका पत्रकारसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो ।

‘दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतले नेपालमा लगानी गर्न चासो देखाएका छन् । त्यसका लागी उनीहरुले नेपालमा राजनीतिक स्थिरता खोजेको देखिन्छ,’ मन्त्री बस्नेतले भन्नुभयो, ‘विदेशी लगानी भित्र्याउन चीन लगायत अन्य पाँच मुलुकसँग विप्पाको लागि मन्त्रालय सघन गृहकार्यमा लागेको छ ।’

उहाँले विदेशी लगानी र प्रविधि हस्तान्तरण नीतिको काम द्रुत गतिमा भैरहेको भन्दै विदेशी लगानी सहजरुपमा भित्र्याउन नेपाल वान डोर सिस्टम  र वान स्टप सिस्टमलार्इ सार्थकता दिन तयार रहेको बताउनु भयो । उहाँले त्यसका लागि बैदेशिक लागानी सहयोग केन्द्र नामक एक छुट्टै स्वायत्त संस्था बनाउने प्रारम्भिक प्रक्रिया थालनी गरेको समेत बताउनुभयो ।

उहाँले उद्योगहरुको विवरण व्यवस्थित गर्न औद्योगिक प्रोफइल निमार्णका साथै गहनरुपमा भूगर्भ अध्ययनमा मन्त्रालय जुटेको बताउनुभयो । मन्त्री बस्नेतले चीन तथा भारतका लगानी कताहरुले नेपालमा विशेषगरी पर्यटन, खानी, सोलार उर्जा, बायो मास, जलविद्युत, सिमेन्ट उद्योग, खनिज प्रशोधन उद्योगमा चासो देखाएको बताउनुभयो ।