२९ आश्विन २०८३, बिहिबार

पुँजीगत खर्च साठी प्रतिशतले वृद्धिःअर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahatपोखरा, ७ पुस । अर्थमन्त्री डा रामशरण महतले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनाको अवधिमा ६० प्रतिशत पुँजीगत खर्च बढेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले  पुँजीगत खर्च बढे पनि आर्थिक वर्षको अन्तिममा विकास निर्माणको काम सुरु गरी भुक्तानी गर्ने प्रवृत्ति भने हट्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री डा महतले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती भएकाले ढुवानी र यातायातका सवारी साधनको भाडा पनि तुरुन्त घटाउनुपर्ने र सिन्डीकेट प्रथा रोक्नुपर्नेमा जोड दिनुभयो ।

एमाओवादीले संविधान निर्माणमा सहमति पनि नगर्ने र प्रक्रियामा पनि जान नमान्ने यो सरासर गलत प्रवृत्ति हो भन्दै मन्त्री डा महतले बहुमतीय प्रक्रियामा जान नखोज्नु जनताको अभिमतको अपमान हो भन्नुभयो ।

पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सबै पूरा भइसकेको र अब चिनियाँ पक्षसँग सम्झौता गर्ने तरखरमा सरकार रहेको जानकारी गराउँदै उहाँले मुआब्जा वितरणमा विवाद हुनु दुर्भाग्य हो यसले निर्माण कार्यलाई ढिलो गराउँछ, नीति, नियम र विधिबाट मुआब्जा विवाद टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री डा महतले तनहुँमा निर्माण हुन लागेको सेती जलविद्युत् आयोजनाको प्रक्रिया तुरुन्त अघि बढाउनु पर्दछ, देशमा यत्रो ऊर्जा सङ्कट भइरहेका बेलामा निर्माणको प्रक्रियामा रहेको योजनामा विवाद हुन गयो भने दाताहरु उम्कन सक्छन् भन्नुभयो ।