२९ आश्विन २०८३, बिहिबार

हामी छिटै आउने छौं भन्ने सुचना टास्दैँ बन्द भयो नाङ्लो बेकरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC_0221(1)काठमाडौँ, ६ पुस । राजधानीको अति व्यस्त र पर्यटकीय बजार दरबारमार्गमा विगत लामो समयदेखि सञ्चालमा आएको नाङ्लो बेकरी क्याफे एकाएक बन्द भएको छ ।

ब्यबस्थापनले स्थापनाको ३८ औं बर्ष पुरा गरेकै दिन अचानक बन्द गरेको गरेको हो । नाङ्गो ब्यबस्थापनले अर्को सूचना नभएसम्मका लागि भन्दै रेष्टुरेन्ट बन्द गरेको हो । उसले आइतबार क्याफे बाहिर एक सूचना टाँसी  ग्राहकसँग माफी मागेको छ । ‘हामी छिटै नयाँ लोकेसनमा आउने छौं,’ सुचनामा भनिएको छ।’

नाङ्लोका संस्थापक पाल्पा निवासी श्यामसुन्दर लाल कक्षपतीले सुरुमा ५० हजार लगानीबाट नाङ्लो सुरु गर्नुभएको हो ।

देश विदेशमा समेत ख्यति कमाएको नाङ्लोले मासिक ९० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दै आएको थियो ।