डोटी, ५ पुस । पुनरावेदन अदालत महेन्द्रनगरमा कार्यरत रहदा बलात्कार आरोपीलाई सफाई दिएर विवादास्पद बनेका न्यायाधीश नरबहादुर शाहीको ईजलासले हत्यामा प्रत्यक्ष संलग्न रही पुर्पक्षका लागि थुनामा रहेका ब्यक्तिलाई समेत साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
पुनरावेदन अदालत दिपायल मार्फत मुख्य न्यायाधीश दिपककुमार कार्की र शाहीको संयुक्त ईजलासले कर्तब्य गरी ज्यान मारेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागार डोटीमा थुनामा रहेका डोटी बर्छैन गाबिस घर भएका खडक पुलामीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिइएको हो ।
आरोपी पुलामीलाई डोटीको डौड गाबिस १ बस्ने मोहनबहादुर सिंहको हत्यामा प्रत्यक्ष संलग्नता रहेका आधारमा जिल्ला अदालत डोटीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालत डोटीका न्यायाधीश धनसिंह महराको ईजलासवाट खडक पुलामीलाई दोषि ठहर गरी पुर्पक्षक लागि थुनामा राख्न आदेश दिइएको थियो ।
यहि भदौ २१ गते डोटी डौड वडा नं. ३ घङारे गाउमा हत्या योजना वनाई कुटपिट गरि डोटीको डौड गाबिस १ बस्ने ३७ बर्षिया मोहन बहादुर सिंहलाई मारेको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीले खडक पुलामी सहित ७ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।
जिल्ला अदालत डोटीका न्यायाधीश धनसिंह महराको एकल ईजलासले पर्याप्त प्रमाण नपुगेको भन्दै ५ जनालाई यस अघिनै सामान्य तारेखमा रिह गर्न आदेश दिइसकेको थियो । पक्राउ परेका ७ जना मध्ये रबिन्द्र घर्ती र खडक पुलामीको प्रत्यक्ष संलग्नता रहेको भन्दै पुर्पक्षका लागी थुनामा राख्न आदेश दिइएको थियो ।
किटानी जाहेरीको आधारमा पक्राउ परेकाहरुलाई न्यायालय र प्रहरी प्रशासनको मिलेमतोमा अनुसन्धान प्रक्रियालाई फितलो बनाई दोषिलाई उम्काउने कार्य भएको पीडित पक्षको भनाई रहेको छ । जिल्ला सरकारी वकिल कार्यालय मार्फत पक्राउ परेका कालो वोगटी, कन्थे वोगटी, बिरबहादुर वोगटी, रबिन्द्र घर्ती, खडक पुलामी लगायत सात जना बिरुद्ध कर्तब्य ज्यान सम्बन्धि मुद्धा दाएर गरिएको थियो ।
हत्या आरेपमा पक्राउ परेकाहरु मध्ये खडक पुलामी र रबिन्द्र घर्ती रातो च्याउ लगायतका अबैध जडिबुटी संकलन र बिक्रि बितरणमा संलग्न ब्यक्ति हुन भने अर्का आरोपी कालो वोगटी चोरी शिकारी कार्य गरी अबैध रुपमा जंगली जनवार अंग र छालाहरु तस्करीमा सक्रिय ब्यक्ति हुन । हत्या जस्तो जघन्य अपराधमा समेत सामान्य तारेखमा रिहा गरिदा प्रमाणहरु नष्ट गरी मुद्धालाई फितलो बनाइने बताइएको छ ।















प्रतिक्रिया