२९ आश्विन २०८३, बिहिबार

बुटवमा औद्योगिक महोत्सव पुस ७ देखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Butwal Bazarबुटवल, ५ पुस । रुपन्देही उद्योग सङ्घ बुटवल र नेपाल उद्योग परिसङ्घ काठमाडौँको संयुक्त आयोजनामा बुटवलमा  यही पुस ७ गतेदेखि बुटवल १२ रामनगरस्थित बुटवल मण्डपमा तेह्रौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव हुँदैछ ।

“स्वदेशी उत्पादन प्रयोग गरौँ, राष्ट्रिय अर्थतन्त्रको विकास गरौँ” भन्ने मूल नाराका साथ हुने महोत्सवमा पशुपतिनाथ मन्दिर आकृतिको प्रवेशद्वार राखिने छ ।

तेह्रौँ संस्करणका रुपमा यस वर्ष आयोजना हुने महोत्सवमा कृषि उद्योगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम बनाइने सङ्घका प्रथम उपाध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिनुभयो ।

पन्ध्र दिनसम्म चल्ने महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि बुटवल–लुम्बिनी र बुटवल–नुवाकोट पर्यटन कार्यक्रम तथा लुम्बिनी अञ्चलका पर्यटकीयस्थलको तस्बिर प्रदर्शनीसमेत हुने छ ।