७ कार्तिक २०८३, शनिबार

निर्धारित मितिमा संविधान जारी नभए दुर्भाग्यः अध्यक्ष नेम्वाङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Nembangकाठमाडौँ, ४ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरुबीचमा थप क्रियाशीलता आवश्यक भएको बताउनुएको छ ।

उहाँले भन्नुभयो ‘जनताका सामु राजनीतिक दलहरुले माघ ८ मा सहमतिका माध्यमबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन्, समयसीमा नजिकिँदो छ यसलै म दल र तिनका नेतालाई थप क्रियाशील हुन आग्रह गर्दछु ।’

नेपाल रेडक्रस सोसाइटीद्वारा संसद्सँग रेडक्रस विषयक आयोजित छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माणका क्रममा दलहरुबीचमा देखिएका केही असहमतिलाई छिटो सहमतिमा पुग्न आफूले बारम्बार आग्रह गर्दै आएको चर्चा गर्दै अब पनि निर्धारित मितिमा संविधान जारी नहुने हो भने योभन्दा ठूलो दुर्भाग्य मुलुकका लागि अरु केही नहुने धारणा राख्नु भयो ।

मानवीय सेवामा रेडक्रसले प्रशंसनीय काम गरेको स्मरण उहाँले गर्नुभयो । कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सबैभन्दा ठूलो मानवीय संस्थाका रुपमा रेडक्रस रहेको, यसका दश लाखभन्दा बढी सदस्य ९० हजार स्वयम्सेवी रहेको जानकारी दिनुभयो ।