७ कार्तिक २०८३, शनिबार

तालिवानी विद्रोहीले हत्या गरेका विद्यार्थीको सम्झनामा दिप प्रज्जलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_20141219_095031

काठमाडौँ, ४ पुस । माइलस्टोल कलेज बालकुमारीले पाकिस्तानको पेसावारको खबैरु पाख्तुनख्वा प्रान्तमा सैनिले सञ्चालन गरेको एक विद्यालयमा मंगलबार भएको तालिवानी विद्रोहीको आक्रमणबाट ज्यान गुमाएका निर्दोष बालबालिकाको सम्झनामा दिप प्रज्जलन गरेको छ  ।

IMG_20141219_095044

कलेजले शुक्रबार आफ्नो कलेज हाताभित्रै दिप प्रज्जलन गरेको हो ।  विद्यालय हाताभित्र प्रवेश गरी अन्धाधुन्दा गोली वर्षाएर १ सय ३२ जना स्कुले बालबालिकासहित १ सय ४० जनाको हत्या गरेको सम्झनामा दिप प्रज्जलन गरेको माइलस्टोन कलेजका अध्यक्ष डा. विजय पौडेलले जानकारी दिनुभयो ।

IMG_20141219_095937

दिप प्रज्जलन कार्यक्रममा कलेजका विद्यार्थीहरुले ‘आतंकवाद विरुद्ध एकजुट होऔँ, शैक्षिक क्षेत्रलाई आतंक मुक्त गरौँ’ लेखेका प्ले कार्ड बोकेका थिए ।