काठमाडौं, ४ पुस । पूजा बोहराका दोषीलाई कारबाहीको माग गरेर पद्म कन्या क्याम्पसका विद्यार्थीले राजधानीमा प्रदर्शन गरेका छन् ।
बैतडी जिल्ला निवासी पूजा बोहरालाई बेहोस हुने पदार्थ खुवाइ सामूहिक बलत्कारमा संलग्नहरूलाई पुनरावेदन अदालतले रिहा गरेपछि सर्वत्र विरोध सुरु भएको छ ।
विरोध स्वरुप राजधानीका विभिन्न स्थानमा प्रदर्शनसमेत हुँदै आएका छन् ।
दोषीलाई कारबाहीको माग गरेर आज बिहान पद्म कन्या क्याम्पस अगाडि प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ, पद्म कन्या क्याम्पस इकाइ सभापति साधना घिमिरेले जानकारी दिइन् ।
‘महिला हिंसाविरुद्ध र पूजा बोहराका दोषीलाई कारबाही माग गरेर सांकेतिक रुपमा प्रदर्शन गरेका हौँ,’ घिमिरेले भनिन्, ‘बलत्कारमा संलग्न दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’
सांकेतिक रुपमा प्रदर्शन गरिए पनि दोषीलाई कारबाही गराउन थाप दवावका कार्यक्रम गरिने उनले बताइन् । भनिन्, ‘पढ्दै गरेको छात्रालाई सामूहिक बलत्कार गरेर मानवीय समवेदना भूल्नेहरूविरुद्ध हाम्रो अभियान जारी रहन्छ ।’















प्रतिक्रिया