काठमाडौँ, ३ पुस । पूर्वशिक्षामन्त्री समेत रहनु भएका संस्कृतिविद् डा. मोदनाथ प्रश्रितले पश्चिमाहरुको लहैलहैमा लागेर नेपालका राजनीतिक दलहरुले धर्म निरपेक्षता घोषणा गरेको भन्दै कडा आलोचना गर्नुभएको छ ।
पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानले बिहीबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । ‘राजनीतिक दलहरुले क्षणिक स्वार्थका लागि धर्म निरपेक्षता घोषणा गरेर राष्ट्र नै छिन्नभिन्न पार्ने काम गरे,’ उहाँले भन्नुभयो ।
उहाँले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको दिन पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा जसरी पनि मनाउनु पर्ने आडानसमेत राख्नुभयो ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठले पनि पृथ्वीनारायण शाहको प्रशंषा गर्नुभयो । ‘पृथ्वीनारायण शाह नभएको भए यतिवेला नेपालीहरु बंगालीबाबु, विहारी दादा हुने थिए,’ उहाँले भन्नुभयो ।
ईतिहासविद् डा रमेश ढुंगेल, ईतिहासविद् डा सुरेन्द्र केसीलगायतले पनि दलहरुले धर्मको प्रयोग गरेर राष्ट्रिय एकता खलबल्याएको आरोप लगाउनुभयो ।















प्रतिक्रिया