७ कार्तिक २०८३, शनिबार

पूजा बोहोराका लागि न्याय माग्दै विद्यार्थी संगठनका नेता बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10686640_895370243809125_7318314524826617049_nकाठमाडौँ, ३ पुस । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल पाँचौलगायतका विभिन्न विद्यार्थी संगठनहरुले सामुहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोरालाई न्याय दिन माग गर्दै प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उक्त विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँने कार्य भैरहेको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले बैठकबाटै दैनिक नेपाललाई जानकारी दिनुभयो ।

कोइरालासँगको भेटमा पेट्रोलियम पदार्थको मूल्य घटाउँनु पर्ने  कुलपतिको हैसियतले स्वबियुको निर्बाचन गराउन निर्णायक भुमिका खेल्नु पर्नेलगायतका माग राखिएको  लामिछानेले जानकारी दिनुभयो । भेट अहिले पनि जारी छ ।