२९ आश्विन २०८३, बिहिबार

मेस्सीलाई पाखा लगाउँदै डि मारिया उत्कृष्ट अर्जेन्टिनी खेलाडी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Angel-di-Mariaकाठमाडौँ, पुस ३ । अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीले सन् २००६ देखि लगातार जित्दै आएको अवार्ड यो पटक भने विंगर एन्जल डि मारियाले हात पारेका छन् ।  अर्जेन्टिना प्लेयर अफ दि इयरको अवार्ड मेस्सीलाई पछि पार्दै उनले हात पारेका हुन् ।
अर्जेन्टिनी खेल पत्रकारहरुको मतका आधारमा डि मारिया उत्कृष्ट खेलाडी छनोट भएका हुन् ।  डि मारिया म्यानचेष्टर युनाइटेडका तर्फबाट खेल्दै आएका छन् ।  मेस्सी भने बार्सिलोनाका तर्फबाट खेल्दै आएका छन् ।

यो अवार्ड २००५ बाट घरेलु लिग र देश बाहिर खेल्ने अर्जेन्टिनी खेलाडी गरी दुई जनालाई दिन लागिएको हो । यो अवार्डसँगै डि मारिया देश बाहिर खेल्ने अर्जेन्टिनी उत्कृष्ट फुटबलर बनेका छन् ।
स्ट्राइकर लुकास पराटो अर्जेन्टिनी लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।