७ कार्तिक २०८३, शनिबार

खुल्ला दिशामुक्त अभियानको पैसाले जिविसका सबै अधिकृत सयरमा, सेवाग्राही मार्कामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jbsरामसुन्दर आचार्य
काभ्रे, २ पुस ।  नेपाल सरकारले जनताको अत्यावश्यक सेवासँग जोडिएका कार्यालयहरु पुस १ गतेदेखि १२ घण्टा सञ्चालनमा ल्याइए पनि काभ्रेको जिविसमा भने त्यो लागु हुन सकेन ।

बुधबार जिविस काभ्रेका कर्मचारीहरु जिविसको रकममा गुन्टा बोकेर दश दिनको भ्रमणमा निस्किएपछि यहाँका सेवाग्रही मार्कामा परेका छन् । सेवाग्राहीलाई कुनै पनि सुचना नदिइ स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराई, लेखा अधिकृत मानबहादुर बम लगायत अन्य अधिकृत र इन्जिनियरहरु दश दिनको भ्रमणमा निस्केका हुन् ।

‘जनता कै पैसाले रजाइ गर्ने अनि जनतालाई नै मारमा पर्ने यो कस्तो सरकारी नियत हो ?,’ सेवाग्राही राधेश्याम सापकोटाले प्रश्न गर्नुभयो, ‘कार्यालयका एउटा अधिकृत पनि छैनन् के सेवा लिनु अब दश दिन कुर्नु पर्ने भो ।’

स्थानीय विकास अधिकारीदेखि इन्जिनियरसम्म दश दिनको भ्रमणमा प्लेन चढेर बुधबार विरगन्ज हानिएपछि काभ्रेका जनता रुष्ट बनेका छन् ।
‘जिल्ला परिषद् आगामी फागुुनमा हुने हुँदा पौष मसान्त सम्ममा बजेट सिध्याउनु पर्छ भन्दै टाली नै सयरमा निस्किएको जिविस काभ्रेका एक कर्मचारीले दैनिक नेपाललाई बताए ।

जिविस काभ्रेको मंसिर १७ गतेको कर्मचारीको निणर्य भन्दै उनीहरु भ्रमणमा निस्किए हुन् । अवलोकन भ्रमणका लागि भन्दै जिविसको काम नै ठप्प बनाएर सयरमा निस्कनु उचित नभएको तर्क गर्छन् सेवाग्राहीहरु पनि ।

योजना अधिकृतको पद हाल खाली भएकाले डिभिजन इन्जिनियरलाई निमित्त कार्य बाहक दिइएको छ । उनी समेत बुधबार कार्यालय नआएपछि सेवाग्राहीहरु सेवा नै नपाई फर्कन वाध्य भए ।

खुल्ला दिशामुक्त अभियानको झन्डै ३ लाख हाराहरीको रकमले अध्ययन भ्रमणमा निस्किएका कर्मचारीहरुले झापा, मोरङ, सुनसरी र धनकुटा भ्रमण गर्ने भनेका छन् । तर, उनीहरु भारतका केही स्थानको समेत भ्रमण गर्ने तयारीमा रहेकोस्रोतले बताएको छ ।

स्रोतका अनुसार जिविस काभ्रेका स्थानीय विकास अधिकारी भट्टराइको अख्तियारमा सरुवा भएकाले उनी त्यता जानु अघि नै कोष सिध्याउन भ्रमण गरेको बुझिएको छ ।