७ कार्तिक २०८३, शनिबार

जलाउँदै गरेको धर्मेन्द्रको शव प्रहरीले नियन्त्रणमा लिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २ पुस । भौराटाँर गाविसबाट गएराति जलाइँदै गरेको युवकको शव प्रहरीले नियन्त्रणमा लिएको छ।  गाविसको वडा नम्बर ५ फुलकौल निवासी जयलाल चमारको १८ वर्षीय छोरा धर्मेन्द्र चमारको शव प्रहरीले नियन्त्रणमा लिएको हो।
धर्मेन्द्रको मृत्यु कालगतिले नभई अस्वभाविक भएको हुन सक्ने आशङ्काको आधार आधी जलेको शव प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।

धर्मेन्द्रको शवलाई परिवारजनले गुपचुप तरिकाबाट दाह संस्कार गर्न लागेको सूचनाको आधारमा प्रहरीले फुलकौल गाउँको पूर्वमा रहेको खोलाको तिरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको शवलाई परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएको प्रवक्ता ओलीले बताउनुभयो। रासस