काठमाडौँ, १ पुस । परराष्ट्रमन्त्रालयले छिमेकी मुलुक चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) का लागि चीन सरकारलाई गत बिहीबार पत्राचार गरेको उद्योग मन्त्रालयलाई जानकारी गराएको छ ।
मंगलबार परराष्ट्रमन्त्रालयका सह–सचिव झविन्द्रप्रसाद अर्यालले उक्त जानकारी दिनुभएको हो ‘उद्योगमन्त्रालयबाट विप्पा सम्बन्धी पत्र परराष्ट्रमन्त्रालयमा बिहीबार आएको हो । हामीले सोही दिन उक्त पत्र चीन सरकारलाई पत्राचार गरेका छौँ,’ सह–सचिव अर्यालले भन्नुभयो ।
केके विषय छन् चीनसँगको विप्पा सम्झौँता ड्राफ्टमा
लगानी प्रर्वद्धन र संरक्षण गर्ने, सम्झौताका मुलुकहरुले अर्को मुलुकको लगानीलाई प्रोत्साहन गर्ने, सो का लागि अनुकूल वातावरण सृजना गर्ने, आफ्नो नीति, नियम, कानून वमोजिम त्यस्तो लगानी स्वीकार गर्ने, अर्को पक्षको लगानीलाई उचित व्यवहार गर्ने लगाएत विप्पा सम्झौँता ड्राफ्टमा उल्लेख छ ।
राष्ट्रिय व्यवहार तथा अति सौविध्यतापूर्ण राष्ट्रको व्यवहारः राष्ट्रिय व्यवहार आफ्नो देशको लगानीलाई गरे सरहको व्यहार गर्ने, भेदभावपूर्ण तरीकाले उचित एवं समन्यायिक क्षतिपूर्ति नदिई, र कानून वमोजिम सार्वजनिक प्रयोजनका लागि बाहेक अधिग्रहण वा राष्ट्रियकरण नगरिने पनि उल्लेख छ ।















प्रतिक्रिया